मंगलबार, वैशाख ११, २०८१

एनआईसी एशिया क्यापिटलले मंसिर १२ गतेदेखि खुलामुखी योजना निष्कासन गर्दै

नेपालखोज २०७७ मंसिर ९ गते १४:०७

काठमाडौं । एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालनमा हुने एनआइसी एशिया डाइनमिक डेब्ट फण्ड मंसिर १२ गतेदेखि विक्री खुला हुने भएको छ ।

उक्त योजनाले ५ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी बैंकले सुरक्षित गरी बाँकी रहेको ४ करोड २५ लाखमध्ये प्रथम चरणमा १ करोड २५ लाख ईकाई विक्री हुन लागेको हो ।

यो खुलामुखी योजना छिटोमा मंसिर १६ र र त्यस अवधिमा विक्री नभएमा मंसिर २६ गते सम्म आवेदकले आवेदन गर्न सक्नेछन् । आवेदकले प्रतिइकाई रू। १० का दरले न्यूनतम १०० इकाई र अधिकतम ५० लाख इकाई सम्मका लागि आवेदन गर्न सक्नेछन् ।

नेपाल धितोपत्र बोेर्डबाट अुनमति पाएका सिआस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सकिने कम्पनीले जानकारी गराएको छ । योजनाले निष्कासन गर्न लागेको इकाईलाई इक्रा नेपालले इक्राएनपी बिबिबि प्लस रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया