शुक्रबार, वैशाख ७, २०८१

स्टान्डर्ड चार्टड बैंकको बित्तीय पहुंच सबैभन्दा कमजोर

नेपालखोज २०७७ मंसिर ९ गते १५:०४

काठमाडौं । बहुराष्ट्रिय समुहद्धारा प्रर्वधित स्टान्र्डड चार्टड बैंक नेपालको बित्तीय पहुंच सबैभन्दा कमजोर देखिएको छ । देश व्यापीरुपमा बित्तीय पहुंच पुर्‍याउनकै लागि अन्य बैंकहरुले आफ्नो शाखा सञ्जाल बिस्तार तीन सय पुर्‍याइसक्दा स्टान्डर्ड चार्टडले भने अहिलेसम्म पनि १२ वटा शाखाकै भरमा बित्तीय कारोवार सञ्चालन गर्दे आएको छ ।

सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैंकहरुको कुल शाखा संख्या भने चालुु आर्थिक बर्षको असोज मसान्तसम्ममा चार हजार एक सय १० वटा पुुगेको छ । सो मध्ये सबैभन्दा बढी शाखा भने एनआईसी एशिया बैंकको रहेको छ । एनआईसी एशिया बैंकको देशभर तीन सय २९ वटा शाखा सञ्चालनमा रहेको छ भने राष्ट्रिय बाँणिज्य बैंकको दुुई सय ४२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
ग्लोवल आईएमई बैंकको भने देशभर दुुई सय ६१ वटा वटा शाखा सञ्चालनमा रहेको छ भने नविल बैंकको देशभर एक सय १९ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको पनि देशभर ८३ वटा शाखा सञ्चालनमा रहेको छ । एभरेष्ट बैकको सबै क्षेत्रमा गरी ९८ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने सिद्धार्थ बैकले पनि आफ्नो कुल शाखा संख्या बिस्तार गरी एक सय ८७ वटा पुर्याएको छ । नेपाल बैंक, कृषि बिकास बैंक र एनएमबी बैंकको कुल संख्या भने क्रमश एक सय ९६, दुुई सय ६३ र एक सय ८२ वटा रहेको छ ।

चालु आवको पहिलो त्रैमासिक अवधिसम्ममा प्रभुु बैंकले आफ्नो कुल शाखा संख्या बिस्तार गरी दुुई सय १० वटा पुर्याएको छ भने मेगा बैंकले दुुई सय छ वटा पुुर्याएको छ । हिमालयन बैंकको भने देशभर ६९ वटा मात्र शाखाहरु सञ्चालनमा रहेकाछन ।

प्राईम कर्मसियल बैंक, कुमारी बैंक र नेपाल एसबिआई बैंकको कुल शाखा संख्या भने क्रमश दुुई सय, एक सय ८९ र एक सय एक वटा पुुगेको छ । यस अवधिमा माछापुुच्छे« बैंक, सानिमा बैंक, लक्ष्मी बैंक र सिटिजन्स बैंकको कुुल शाखा संंख्या भने क्रमश एक सय ८०, ८३, एक सय २१ र एक सय १८ वटा पुुगेको छ ।

यि बाहेक बैंक अफ काठमाडौ, सनरार्ईज, एनसीसी र सेञ्चुरी बैंकको कुुल शाखा संख्या भने क्रमश ८७, एक सय ३५, एक सय २८ र एक सय १३ वटा पुुगेको छ । चालु आवको पहिलो त्रैमासिक अवधिसम्ममा सिभिल बैंक र नेपाल बंंगलादेश बैकको कुुल शाखा संख्या भने क्रमश एक सय १६ र ९७ वटा पुुगेको छ ।

कुन बैकको शाखा कति छ, हेर्नुुहोस तालिका ( शाखा संख्यामा)
क्र.स बैकको नाम शाखा संख्या
१. राष्ट्रिय बाँणिज्य बैंक २४२
२. एनआईसी एशिया बैंक ३२९
३. ग्लोवल आईएमई बैक २६१
४. नबिल बैंक ११९
५. नेपाल इन्भेष्टमेन्ट बैंक ८३
६. एभरेष्ट बैंक ९८
७. सिद्धार्थ बैंक १८७
८. नेपाल बैंक १९६
९. कृषि बिकास बैंक २६३
१०. एनएमबी बैंक १८२
११. प्रभुु बैंक २१०
१२. मेगा बैंक २०६
१३. हिमालयन बैंक ६९
१४. प्राईम कर्मसियल बैंक २००
१५. कुमारी बैंक १८९
१६. नेपाल एसबिआई बैंक १०१
१७. माछापुच्छ्रे बैंक १८०
१८. सानिमा बैंक ८३
१९. लक्ष्मी बैंक १२१
२०. सिटिजन्स बैंक ११८
२१. बैंक अफ काठमाडौं ८७
२२. सनराईज बैंक १३५
२३. स्टान्डर्ड चार्टड बैंक १२
२४. एनसीसी बैंक १२७
२५. सेञ्चुरी बैंक ११३
२६. सिभिल बैंक ११६
२७. नेपाल बंगालादेश बैंक ९७
जम्मा कुल ४१०४

प्रतिक्रिया