मंगलबार, वैशाख ४, २०८१

पुनः उकालो लाग्यो सेयर बजार, आज २९ अंकले बढ्दा पाँच अर्ब ४४ करोडको सेयर कारोवार

नेपालखोज २०७७ मंसिर ९ गते १५:४५

काठमाडौं । सेयर बजार परिसुचक पुुन उकालो लागेको छ । अघिल्लो दिन दुुई दसमलव ३८ अंकले घटेर चार अर्ब ७६ करोड रुपैयाँको सेयर कारोवार भएको धितोपत्र बजारमा साताको तेस्रो कारोवार दिन मंगलबार भने पुुन नेप्से सुचक तथा कारोवार रकम दुुबै नै बढेका छन् ।

नेप्से आज २९ दसमलव ६८ अंकले बढेर १८ सय १० दसमलव ११ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ४२ अंकले बढेर तीन सय ४९ दसमलव ३७ अंकमा पुुगेको छ । नेप्सेमा आज एक सय ९६ कम्पनीहरुको ४९ हजार सात सय ८२ पटकको कारोवारमा एक करोड १७ लाख ४८ हजार चार सय ७० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब ४४ करोड २९ लाख एक हजार पाँच सय ३९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा होटल समुहको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक एक दसमलव ४४ अंकले बढेर १३ सय ५९ दसमलव ४१ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि तीन सय २७ दसमलव ५१ अंकले बढेर नौ हजार पाँच सय ६९ दसमलव तीन अंकमा चढेको छ ।

त्यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय ४८ दसमलव ५२ अंकले बढेर १० हजार नौ सय १४ दसमलव १७ अंकमा चढेको छ । बिकास बैंक, जलबिद्युत, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् ।

आज बोर्टलस नेपाल तराई लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर १०हजार चार सय रुपैयाँमा कारोवार हुंदा सोल्टी होटल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य तीन दसमलव २० प्रतिसतले घटेर दुई सय १२ रुपैयाँमा कारोवार भएको छ । आज एनआईसी एनआईसी एशिया बैंकको सबैभन्दा बढी रकम कारोवार भएको छ । उक्त बैंकको प्रतिकित्ता छ सय ९७ रुपैयाँ अन्तिम मुल्यमा ३७ करोड ३३ लाख ८६ हजार पाँच सय पाँच रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया