शुक्रबार, चैत १६, २०८०

प्रोग्रेशिभ फाइनान्सको इटहरी तथा भरतपुरमा शाखा विस्तार

नेपालखोज २०७७ मंसिर ९ गते १७:०६

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं १ को इटहरी उपमहानगरपालिका वडा नं ६ तथा बाग्मति प्रदेशको भरतपुर महानगरपालिका वडा नं ३ मा १/१ गरी दुईवटा शाखाहरु विस्तार गरेको छ ।

यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाहरुबाटसमेत प्रवाह गरिनेछ । देशका प्रमुख शहरहरुमा शाखा स्थापना गरी सरल तथा सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप यो शाखा कार्यालय स्थापना गरिएको हो ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड–१९ को महामारीकाबीच स्थापना गरिएको नयाँ शाखाहरुले इटहरी तथा भरतपुरका नगर क्षेत्रसहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एटीएम, मोबाइल बैंकिङ, इ–बैंकिङ, कनेक्ट आइपीएस, सी आस्वालगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

कुल ८० करोड १ लाख चुक्ता पुँजी रहेको यस वित्तीय संस्थाको दुईवटा शाखा कार्यालयहरु थप भएपछि १० वटा शाखा तथा ४ वटा एक्सटेन्शन कार्यालयहरुमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुने प्रमुख कार्यकारी अधिकृत हुमागाँइले बताए ।

प्रतिक्रिया