बिहीबार, वैशाख ६, २०८१

काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ मंसिर ९ गते १७:२०

काठमाडौं । आज काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ७२१ महिला र १०६९ पुरुष गरि कुल १७९० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसअनुसार काठमाडौंमा ६०२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना देखिएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २४ जनाको ज्यान गएको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ सय ६१ पुगेको छ ।

प्रतिक्रिया