शुक्रबार, वैशाख १४, २०८१

आइसीसीको नयाँ अध्यक्षमा बार्कले

नेपालखोज २०७७ मंसिर १० गते १२:२१

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नयाँ अध्यक्ष पदमा न्युजिल्यान्डका ग्रेग बार्कले निर्वाचित भएका छन् ।

बार्कले दोस्रो चरणको मतदानपछि इमरान खवाजालाई पराजित गर्दै आइसिसीको अध्यक्षमा निर्वाचित भएका हुन् । आइसीसीको अध्यक्ष पदमा निर्वाचित हुन कुल १६ भोट मध्य ११ भोटको आवश्यक पर्दछ । पहिलो चरणमा गत हप्ता बार्कले १० र इमरान खवाजाले ६ भोट प्राप्त गरेका थिए । पहिलो चरणमा दुई तिहाई नआएपछि दोस्रो चरणको मतादान गर्नु परेको थियो । दोस्रो चरणमा क्रिकेट साउथ अफ्रिकाले बार्कलेलाई महत्वपूर्ण भोट दिएपछि अध्यक्षमा निर्वाचित भएका हुन् ।

आइसीसीका पूर्व अध्यक्ष शंशाक मनोहरको कार्यकाल गत जुलाईमा सकिएको थियो । मनोहरको अध्यक्ष कार्यकाल गत जुलाईमा सकिएपछि आइसिसीले इमरान खवाजालाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको थियो ।

बार्कलेले सन् २०१२ देखि न्युजिल्यान्ड क्रिकेटको निर्देशकको रुपमा काम गरेका थिए । पेशाले वकिल समेत रहेका उनले अब सबै पद छोडेर आइसीसीको अध्यक्ष जिम्मेवारी सम्हाल्ने छन् । बार्कले सन् २०१५ को आइसिसी एकदिवसिय विश्वकप प्रतियोगितामा निर्देशकको रुपमा काम गरेका थिए । न्युजिल्यान्डको बोर्ड सदस्य र नोर्थन जिल्ला क्रिकेट एसोसिएसनको अध्यक्षको रुपमा पनि काम गरि सकेका छन् ।

प्रतिक्रिया