बिहीबार, वैशाख १३, २०८१

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान पक्राउ

नेपालखोज २०७७ मंसिर १० गते १३:२१

बर्दिया । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका–९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिट समेत गरी जबरजस्ती करणी गरेका थिए । ईलाका प्रहरी कार्यालय मोतिपुरले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया