बिहीबार, वैशाख १३, २०८१

नेपाल राष्ट्र बैंकद्वारा परिमार्जनसहित १० र पाँच रुपैयाँ दरको नोट प्रचलनमा

नेपालखोज २०७७ मंसिर १० गते १४:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिमार्जनसहितको १० र पाँच रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंक मुुद्रा व्यवस्थापन बिभागका अनुुसार १० गते अर्थात आज बुुधबार देखि साविक कै आकार, प्रकार र रंगमा १० र पाँच दरका नोट प्रचलनमा ल्याईएको हो ।

सो मध्ये १० रुपैयाँ दरको साविक कै आकार तथा रंगमा संकेत नम्वर ढ/८२०००००१ देखि द/४५ ९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ “भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाईने छ ।” भन्ने प्रतिज्ञामुुलक बाक्यांस सहित परिमार्जन गरिएको नोट आजबाट चलनचल्तीमा ल्याईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सो मध्ये १० रुपैयाँको नोटको अग्र भागमा सगरमाथाको चित्र रहेको, नोटको दायाँ तर्फ लालीगुराँसको पानीछाप रहेको नोटमा गर्भनरको दस्तखत रहने स्थानमा महाप्रशाद अधिकारीको दस्तखत रहेको र नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्वर बिसं २०७६ लेखिएको रहेको छ ।

यसैगरी १० रुपैयाँ दर कै नोटको पृष्ठभागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्य भागमा कृष्णसारको चित्र रहेको, नोटको तल्लो भागको बोर्र्डरमा अंग्रेजीमा रुपिज टेन लेखिएको र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्ब अंग्रेजीमा २०२० ए.डी लेखिएको छ ।

बिभागका अनुसार पाँच रुपैयाँ दरको साविक कै आकार तथा रंगमा संकेत नम्वर थ/३४०००००१ देखि न/४५ ९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ “ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ रुपैयाँ पाँच तुरुन्त पाईने छ ।” भन्ने प्रतिज्ञामुुलक बाक्यांस सहित परिमार्जन गरिएको नोट आजबाट चलनचल्तीमा ल्याईएको हो ।

सो मध्ये नोटको अग्र भागमा सगरमाथाको चित्र रहेको, नोटको दायाँ तर्फ लालीगुराँसको पानीछाप रहेको नोटमा गर्भनरको दस्तखत रहने स्थानमा महाप्रशाद अधिकारीको दस्तखत रहेको र नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्वर बिसं २०७६ लेखिएको रहेको छ । त्यसैगरी पाँच रुपैयाँ दर कै नोटको पृष्ठभागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्य भागमा बन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको, नोटको तल्लो भागको बोर्र्डरमा अंग्रेजीमा रुपिज फाईभ लेखिएको र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०२० ए.डी लेखिएको छ ।

प्रतिक्रिया