शनिबार, वैशाख १५, २०८१

विश्वका सबैभन्दा धेरै आम्दानी गर्ने कलाकारको सूचीमा अक्षय कुमार छैटाैँ स्थानमा

नेपालखोज २०७७ मंसिर ११ गते १२:३८

एजेन्सी । विश्वप्रसिद्ध बिजनेस म्याग्जिन फोर्ब्सले तयार पारेको विश्वभरका सबैभन्दा धेरै कमाइ गर्ने अभिनेताको सूचीमा अक्षय कुमार छैटाैँ नम्बरमा परेका छन् ।

फोर्ब्सको सूचीअनुसार यस वर्ष अक्षय कुमारले करिब तीन सय ६२ करोड आम्दानी गरेका छन् । यो साल अक्षय कुमारको एउटा मात्रै सिनेमा ‘लक्ष्मी’ रिलिज भएको छ ।

अक्षयपछि बलिउडमा सबैभन्दा धेरै कमाउनेमा अर्का अभिनेता सलमान खानको नाम छ । यस्तै, तेस्रो नम्बरमा शाहरुख खान र चौथो नम्बरमा अमिर खान छन् । अमिर खान हरेक वर्ष एउटा मात्रै सिनेमा सार्वजनिक गर्ने अभिनेताको रूपमा चिनिन्छन् । तर, यो वर्ष त्यही एउटा सिनेमा पनि आएको छैन । यस्तै, अर्का अभिनेता अजय देवगनलाई आम्दानीको हिसाबले फोर्ब्सले पाँचाैँ नम्बरमा राखेको छ ।

विश्वमा सबैभन्दा धेरै कमाउने कलाकार

हलिउड अभिनेता ड्वेन जोनसन यो सूचीको पहिलो नम्बरमा छन् । उनले यो वर्ष ८७.५ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन् । दोस्रो नम्बरमा रेयान रेनाल्ड छन् । उनले यो वर्ष ७१.५ मिलियन डलर आम्दानी गरेको फोर्ब्सले उल्लेख गरेको छ । तेस्रो नम्बरमा मार्क वाहल्बर्ग ५८ मिलियन डलर, चौथो नम्बरमा बेन अफल्याक ५५ मिलियन र पाँचौँ नम्बरमा विन डिजेलले ५४ मिलियन डलर आम्दानी गरेको उल्लेख छ ।

प्रतिक्रिया