शुक्रबार, वैशाख ७, २०८१

७ सय ५३ स्थानीय तह मध्ये ७ सय ४८ स्थानीय तहमा पुगे बाणिज्य बैंकहरु

नेपालखोज २०७७ मंसिर ११ गते १४:१२

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या ९ हजार ९ सय ३ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा २७ वटा बाँणिज्य बैक, १९ वटा बिकास बैंक, २१ वटा फाईनान्स कम्पनी, ७८ वटा लघुबित्त बित्तीय संस्था र एउटा पुर्वाधार बिकास बैंक सहितका १ सय ४६ वटा बैंक तथा बित्तीय संस्थाले उक्त अनुपातमा शाखा पुर्याएका हुन् ।

सो मध्ये बाणिज्य बैंकहरुको मात्र ४ हजार ५ सय १४, बिकास बैंकहरुको १ हजार २३, फाईनान्स कम्पनीहरुको २ सय ४९ र लघुबित्त बित्तीय संस्थाहरुको ४ हजार १ सय १७ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा बैक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या ९ हजार ७ सय ६५ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको असोज मसान्तसम्ममा कुल सात सय ५३ स्थानीय तहमध्ये सात सय ४८ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ असोजसम्म ७ सय ४१ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । सो मध्ये अब बाँणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या ५ मात्र रहेको छ । जसअन्र्तगत ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका, धादिङ जिल्लाको रुवीभ्याली र नेत्रावती गाउँपालिका, जाजरकोट जिल्लाको चुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका समेत गरी ४ वटा जिल्लाको पाँच स्थानीय तहमा बाँणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

२०७७ असोज मसान्तसम्म बाँणिज्य बैंकहरुको उपस्थिती भएका स्थानीय तह

प्रतिक्रिया