बिहीबार, वैशाख १३, २०८१

ट्रम्पको ट्वीटर : निर्वाचन हारेसँगै धमाधम फलोअर घट्दै

नेपालखोज २०७७ मंसिर ११ गते १६:२३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचनमा पराजित भएसँगै उनको ट्वीटरमा फलो गर्नेहरुले पनि छाड्न थालेका छन्।

ट्वीटरमा सक्रिय राष्ट्रपति ट्रम्पले निर्वाचन धाँधली भएको आरोप यहीमार्फत व्यक्त गर्दै आएका थिए। मिडिया एक पक्षीय भएको भन्दै २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले ट्वीटरलाई भरपुर प्रयोगमा ल्याएका थिए। उनका हरेक भनाई तथा घोषणा ट्वीटरमा आउन थालेपछि उनलाई फलो गर्नेहरु ह्वात्तै बढे।

त्यही ट्वीटरमा उनले पछिल्लो निर्वाचन धाँधली र फर्जी भएको आरोप लगाउँदै जित आफ्नो पक्षमा भएको जनायो। तर, ट्वीटरले भने उनको ट्वीट् सत्य नभएको फलोअरसामू सूचना दियो। यसरी चर्चामा रहेका ट्रम्पको फलोअर दिनानुदिन घट्दो छ।

आइतवारबाटमात्र ४६ हजार फलोअरले राष्ट्रपति ट्रम्को ट्वीट् पाउन छाडेका छन्। झन्डै ९ करोड फलोअर भएको ट्रम्पको ट्वीटर ह्यान्डललाई अनफलो गर्ने २५ हजार नाघिसकेको छ। न्युजविकका अनुसार मंगलवारमात्र १२ हजार ४७६ जनाले उनलाई अनफलो गरे।

प्रतिक्रिया