शुक्रबार, वैशाख ७, २०८१

आगलागी हुँदा रु पाँच लाखको क्षति

नेपालखोज २०७७ मंसिर १२ गते १९:५२

डोटी । आगलागी हुँदा जिल्लाको सायल गाउँपालिका–६ का लालबहादुर खड्काको घर पूर्णरुपमा नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार चिसो बढेपछि घरको आगनमा शुक्रबार साँझ बालिएको आगो हावाले छानामा पु¥याएपछि आगो सल्किएको थियो ।

आगलागीबाट रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । प्रहरी चौकी सायल देवरमाण्डौंका टोली तथा स्थानीयवासीद्वारा सो आगो नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया