बुधबार, वैशाख १२, २०८१

रेमिटेन्समा १२ दसमलव छ प्रतिसतले बृद्धि, तीन महिनामा भित्रियो दुुई खर्ब ५८ अर्ब ८६ करोड

नेपालखोज २०७७ मंसिर १३ गते १८:४८

काठमाडौं । बैदेशिक रोजगारीबाट प्राप्त हुने आय रेमिटेन्स रकम अर्थात बिप्रेषण आप्रवाहमा बृद्धि भएको छ । नेपाल राष्ट्र बैकको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी तीन महिनाको प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह १२ दसमलव छ प्रतिशतले बढेर दुुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पुुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दसमलव एक प्रतिशतले घटेको थियो । राष्ट्र बैककाअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दसमलव छ प्रतिशतले बढेर दुुई अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह चार दसमलव सात प्रतिशतले घटेकोे थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६ दसमलव आठ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या तीन दसमलव सात प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८ दसामलव छ प्रतिशतले घटेको छ । राष्ट्र बैककाअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शुन्य दसमलव नौ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १० दसमलव दुुई प्रतिशतले वृद्धि भई दुुई खर्ब ८६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन दसमलव आठ प्रतिशतले घटेकोे थियो ।

प्रतिक्रिया