शुक्रबार, चैत १६, २०८०

सुनको मूल्य प्रतितोला ६ सयले घट्यो

नेपालखोज २०७७ मंसिर १४ गते १४:०४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोवार भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन आज प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोवार भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै चाँदी आज प्रतितोला एक हजार १५० रुपैयाँमा कारोवार भएको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार १ सय ६५ रुपैयाँमा कारोवार भएको थियो। शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

प्रतिक्रिया