शनिबार, वैशाख १५, २०८१

प्रधानमन्त्री नै संघीयता विरोधी : डा. कोइराला

नेपालखोज २०७७ मंसिर १४ गते १६:२२

काठमाडौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली संघियता विरोधि भएको आरोप लगाएका छन् । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै डा. कोइरालाले संघीयता धरापमा पर्न थालेको र त्यसको नेतृत्व स्वयम प्रधानमन्त्रीले गरिरहेको आरोप लगाएका हुन् । प्रधानमन्त्री स्वयम यसको नेतृत्व गरहेको आशंका व्यक्त गर्दै नेपाली काँग्रेस आफ्नो पार्टीका आधारभूत सिद्धान्तमा कुनै पनि हालतमा कम्परमाईज नगर्ने जिकिर उनको रहेको थियो ।

मुलुकमा दुईतिहाईको सरकार रहे पनि कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले आवश्यक काम गर्न नसकेको डा. कोइरालाले बताए । मुलुकको राजनीति अत्यन्तै तरल अवस्थामा गएको जिकिर गर्दै डा. कोइरालाले दुईतिहाईको सरकारले गरेका कामको आलोचना गरेका छन् । बिश्वब्यापी कोरोना महामारी नियन्त्रणकालागि सरकारले काम नगरेको र जनताको समस्या समाधानमा सरकार उदासिन रहेको बताउदै मुलुकमा सरकार भएनभएको आफु स्वयम भ्रममा रहेको जिकिर गरे ।


डा. कोइरालाले नेपाली काँग्रेसको अधिवेशन चाँडै नभए पाटिको भविष्य समाप्त हुर्ने बताएका छन् । “नेपाली काँग्रेसको अधिवेशन सकेसम्म फागुनमा र सकिएन भने चैत बैसाखसम्म जसरी पनि सम्पन्न नगरे काँग्रेसको भविष्य समाप्त हुन्छ ।” उनले सरकार जनताप्रति उत्तरदायी हुन नसकेको बेला प्रमुख प्रतिपक्षी दल पनि सरकारका गलत क्रियाकलाप बिरुद्ध रचनात्मक बिरोद्धमा उत्रन नसकेको भन्दै नेतृत्वको घुमाउरो शैलीमा आलोचना समेत गरेका छन् ।


काँग्रेसका जिल्ला सम्पर्क समितिले अधिवेशन समयमा गराउन काँग्रेस नेतृत्वलाई दबाब दिन आग्रह गर्दै जिल्लामा कृयाशील सदस्यता वितरणको बिषयमा चनाखो भएर काम गर्न निर्देशनसमेत दिए । अधिवेशनका बेलामात्र चलायमान हुने परम्परालाई हटाउँदै १२ महिला र ३६५ दिन नै क्रियाशिलभई काम गरेमात्रै पाटि बलियो हुने उनको भनाइ थियो । साथै, समावेशीता र मेरिटोक्रेशीलाई कसरी लाने भन्नेमा काँग्रेसले बहस गर्नुपर्ने विचार ब्यक्त गरेका छन् । नेपाली काँग्रेस पाटि बलियो भएर पुरानै अवस्थामा फर्कन देशभरका सम्पूर्ण कार्यक्रर्ताको महत्वपूर्ण योगदान रहने बताएका छन् ।

डा. कोइरालाले नेपाली काँग्रेस र यसका भातृ तथा शुभेच्छुकसंस्थाहरु भ्रष्टाचार, पदलोलुप तथा आन्तरिक झगडामा रुमलिएको बताएका छन् । “नेपाली काँग्रेस र पार्टीका भातृसंस्था नेविसंघ, तरुण दल, महिला संघलगायत सबै भातृ तथा शुभेच्छुकले भ्रष्टचारमा रुमलिएको, पदलोलुपका लागि आन्तरिक झगडामा ब्यस्त भएका छन् ।”

उचित साबधानी अपनाए कोभिड–१९ को संक्रमणबाट बच्न सकिने बताउदै डा. कोईरालाले सुनसरी सभापति राजीव कोईराला र सचिव केदार भण्डारीलाई पनि कोरोना लागेर निको भएको दृष्टान्त दिएका छन् । रोगको संक्रमण कसलाई छ वा छैन भन्दा पनि कोरोनाबाट कसरी बच्ने भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ थियो ।


कोभिड–१९ विरुद्धको खोप नेपालसम्म आइपुग्न ८ महिना लाग्नसक्ने बताउदैँ डा. कोइरालाले उपचार पत्ता नलागेसम्म व्यक्ति स्वयम सर्तक हुनुपर्ने सुझाव व्यक्त गर्नुभएको छ । “अहिलेसम्म कोरोना भाईरसको उपचार नभएकोले माक्स लगाउने, भौतिक दुरी कायम गर्ने, हात पटक पटक धुने, स्यानिटाईजरले हात सफा राख्ने उपाय मात्र कोरोना भाईरसबाट बच्न सकिन्छ ।” उनको सुझाव रहेको छ ।


काठमाडौंको नयाँ बानेश्वरमा आयोजित रक्तदान कार्यक्रममा नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यले रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । नजिकिदै गरेको पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सभापति सर्बसहमतीमा चयन गरे पार्टीका गुटउपगुट अन्त्य हुने बिचार व्यक्त गर्नुहुदै आचार्यले त्यसका लागि पहल गर्न डा. कोईरालालाई आग्रह समेत गरेका छन् । आचार्यको सभापतित्वमा भएको कार्यक्रममा १३३ जनाले रक्तदान गरेका थिए ।


महासमिति सदस्य एबम् सम्पर्क समितिका सचिव रामानन्द पण्डितले संचालन गरेको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुगं, पुर्व उपकुलपति कुलप्रसाद कोईराला लगायतका नेताको उपस्थिति थियो ।

प्रतिक्रिया