बिहीबार, वैशाख १३, २०८१

आउँदा दिनमा संक्रमण थप तीव्र हुने डा. एन्थोनी फाउचीको चेतावनी

नेपालखोज २०७७ मंसिर १५ गते ११:४८

अमेरिका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। एन्थोनी फाउचीले आउँदा दिनमा कोभिड १९ संक्रमण लगातार वृद्धि हुने सम्भावना रहेको बताएका छन् ।

थ्याङ्गसगिभिङ्ग को बिदाका लागि दशौँ लाख अमेरिकी विभिन्न शहरबाट घर गएकाले त्यसको प्रभाव स्वरुप आउँदा हप्ताहरुमा कोरोना भाइरसको संक्रमण अहिले भन्दा अझ तीव्र गतिमा बिस्तार हुने सम्भावना रहेको डा। फाउचीले बताएका हुन् ।

तर अझै पनि सम्भावित संक्रमणलाई धेरै हदसम्म रोक्न वा कम गर्न सकिने सम्भावना भने रहेको उनले बताए । डा। फाउचीले आइतबार भनेका छन्, ‘मास्क लगाउने तथा भौतिक र सामाजिक दूरी कायम गर्ने हो भने धेरै हदसम्म सम्भावित संक्रमण रोक्न वा फैलिन नदिन सकिन्छ।’

महामारीका कारण सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ३३ लाख ७४ हजार भन्दा धेरै पुगेको छ। यस्तै कोभिड–१९ का कारण अहिलेसम्म अमेरिकामा दुई लाख ६६ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।

नोभेम्बर महिनामा मात्रै ४० लाख भन्दा धेरै अमेरिकी संक्रमित भइसकेका छन्। यो अक्टोबरको भन्दा दोब्बर हो ।

थ्याङ्गसगिभिङ्गको बिदाको समय अमेरिकामा सबै भन्दा धेरैले यात्र गर्ने गरेको देखिन्छ । गएको वर्ष सो अवसरमा झण्डै दुई करोड ६० लाख अमेरिकीले हवाई यात्रा गरेका थिए ।

यो वर्ष ८ लाख देखि १० लाख भन्दा धेरैले विभिन्न विमानस्थलबाट यात्रा गरेको आँकलन छ।

प्रतिक्रिया