शुक्रबार, वैशाख १४, २०८१

न्युज २४ को चर्चित कार्यक्रम सिधा कुरा जनतासँग बन्द हुने अवस्थामा

नेपालखोज २०७७ मंसिर १५ गते ११:५८

काठमाडौं । न्युज २४ को चर्चित कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रम बन्द हुने अवस्था पुगेको छ । उच्च श्रोतका अनुसार उक्त कार्यक्रम सञ्चालक, व्यवस्थापक एवं प्रस्तोता समेतको बिचमा भएको आपसी बिवादका कारण उक्त कार्यक्रम बन्द हुने अवस्थामा पुगेको हो ।

उच्च श्रोतका अनुसार वेलकम एडभरटाजिईङ एजेन्सीका सञ्चालक निर्मलराज पौडेल र सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेबिचको बिवादकाकारण उक्त कार्यक्रम बन्द हुने अवस्थामा पुगेको हो । श्रोतका अनुसार लामिछाने र पौडेलबिच लामोसमय देखि बिवाद हुँदै आएको थियो । उक्त बिवादले उग्ररुप लिएपछि वेलकमका सञ्चालक पौडेलले प्रस्तोता लामिछानेलाई फुटपाथबाट उठाएको भन्दै कार्यक्रम बन्द गराएर फुटापाथ मै पुर्याईदिने धम्की दिएका छन् ।

स्वदेश तथा बिदेशीमा समेत निकै नै रुचाईएको सिधा कुरा जनतासंग कार्यक्रम वेलकम एडभरटाईजिङ एजेन्सी कै कसन्सेप्टमा निर्माण भएको दावी समेत पौडेलले गरेका छन् । पछिल्लो समय वेलकमका सञ्चालक पौडेलको सम्वन्ध अन्य व्यवसाय एवं सञ्चार क्षेत्रका व्यक्तिहरुसंग बिग्रदै गएको दावी पनि श्रोतले गरेको छ । सोही कारण केही समय अघि वेलकमकै एउटा कर्मचारी टिम फुटेर अर्को एउटा एडभरटाईजिङ ऐजेन्सी चलाईरहेको छ, श्रोतले भनेको छ ।

प्रतिक्रिया