बिहीबार, वैशाख १३, २०८१

अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ घाइते

नेपालखोज २०७७ मंसिर १५ गते १५:३०

अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

जिल्लाको सदरमुकाम मंगलसेनबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम यातायात प्रा.लि.को ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा साँफेबगर नगरपालिका- ३ का १९ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय अछामले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय अछामका प्रतिनिधि देवेन्द्र खड्काका अनुसार आज मंगलबार बिहान ८ बजे चौरपाटी गाउँपालिका वडा नं.- ७ मार्कुमा दुर्घटना हुँदा अन्य १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उपचार भइरहेको बयालपाटा अस्पतालले जनाएको छ । अन्य घाइतेहरूको जिल्लास्थित बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया