बिहीबार, चैत १५, २०८०

वेस्ट ह्यामद्धारा भिल्ला पराजित

नेपालखोज २०७७ मंसिर १६ गते ११:१०

इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ । लन्डन स्टेडियममा सोमबार राति भएको खेलमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले भिल्लामाथि २–१ को जित हात पारेको हो ।

भिल्लामाथिको जितसँगै वेस्ट ह्याम १० खेलबाट १७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । भिल्ला १५ अंकसहित १०औं स्थानमा यथावत छ ।

प्रतिक्रिया