बिहीबार, वैशाख ६, २०८१

बोर्डद्वारा प्रभु लाईफको साधारण सेयर स्वीकृत

नेपालखोज २०७७ मंसिर १६ गते १५:३२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रभु लाईफ इन्स्योरेन्स कम्पनीलाई साधारण सेयर जारी गर्नको लागि अनुमती दिएको छ ।

बोर्डले उक्त कम्पनीलाई एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमती दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया