मंगलबार, वैशाख ११, २०८१

नवलपरासीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

नेपालखोज २०७७ मंसिर १६ गते १९:१७

गण्डकी । गण्डकी प्रदेशअन्तर्गत नवलपरासी (पूर्व) र कास्कीमा दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

नवलपुरको मध्यबिन्दु नगरपालिका–९ वसन्तपुरस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको थुम्कीदेवी बोर्डिङ स्कूलको ग १ क २४८३ नं।को बसले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प २४३७ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही नगरपालिका–१३ बस्ने मोटरसाइकलमा सवार २६ वर्षीय सन्तबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना भएसँगै नेपालीसहित सोही स्थान बस्ने मोटरसाइकल चालक मनु विक र तुलबहादुर खाम्चा मगरलाई उचारका लागि पुरानो मेडिकल कलेज चितवनमा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रनाउ राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित ओरालोमा ग ४ प ५६४८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टन जाँदा मोटरसाइकल चालक पोखरा–२१ राम्दी बस्ने वर्ष विजय नेपाली घाइते भएका छन् । घाइते नेपालीलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया