शुक्रबार, वैशाख १४, २०८१

काम गर्ने वातावरण नभएको भन्दै नेकपाबाट निर्वाचित वडाध्यक्षले दिए राजीनामा

नेपालखोज २०७७ मंसिर १६ गते २०:२८

डडेल्धुराको आलिताल गाउँपालिका–१ का वडाअध्यक्ष पुर्णबहादुर ऐरले सोमबार राजीनामा दिएका छन् । सहकर्मीले सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

वडाअध्यक्ष ऐरले सोमबार कार्यपालिका बैठकमा आफूले राजीनामा बुझाएको बताए । उनले भने, ‘निर्वाचित भएपछि मलाई असहयोग हुँदै आएको छ । विपक्षी दल कांग्रेसबाट निर्वाचित भएका साथीहरूले मेरा राम्रा कामलाई वेवास्ता गर्ने, सधै खेदो खन्ने काम गरेका कारण राजीनामा दिन बाध्य भए ।’ वडाअध्यक्षले राजीनामा पत्र बुझाएपनि स्वीकृत हुन बाँकी छ ।

बैठकमा वडा अध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

उनले आफू बाहिर भएकाले राजीनामा पत्र हेर्न भने नपाएको बताए । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०बाट निर्वाचित भएका वडाध्यक्ष ऐरले सहकर्मीहरूले असहयोग गर्दै आएका कारण आजित भएर राजीनामा दिएको बताए ।

प्रतिक्रिया