बिहीबार, वैशाख ६, २०८१

वरिष्ठ नेता पौडेलको गिराफ्तारीमा सांसद थापाको सरकारविरुद्द आक्रोस

नेपालखोज २०७७ मंसिर १७ गते १८:४०

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा कांग्रेस सांसद गगन थापाले सरकारविरुद्द आक्रोस व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापाले वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी सरकारलाई महंगो पर्ने चेतावनी दिएका छन् । पौडेलमाथिको दुर्व्यवहार प्रधानमन्त्रीका लागि निकै महंगो पर्ने गगनको चेतावनी छ।

पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया भन्दा पनि नियोजित, राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको उल्लेख गर्दै थापाले घटनाले सरकारको चरित्रलाई उदाङ्गो बनाएको बताएका छन्।

सडक उद्घाटनको विषयलाई लिएर विवाद हुँदा पौडललाई तनहुँमा स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो। पौडेल रिहा भइसकेका छन्।

प्रतिक्रिया