शुक्रबार, वैशाख १४, २०८१

नेपाल भारत सिमाका भन्सार कार्यालयहरुमा प्रभु बैंकको काउन्टर

नेपालखोज २०७७ मंसिर १८ गते ११:०९

काठमाडौं । नेपाल भारत सिमाका भन्सार कार्यालहरुमा रहेका प्रभु बैंकको एक्स्टेन्सन काउण्टरहरु थप समयका लागि सञ्चालनमा रहने भएका छन् ।

नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौं र प्रभु बैंकको समन्वयमा नेपाल भारत सीमाका विभिन्न सात वटा भन्सार कार्यालयहरु भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सतिभन्सार कार्यालय कैलालीमा सरकारी राजश्व/भन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तररुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन् ।

सो सम्बन्धी नविकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौका तर्फबाट महानिर्देशक सुमन दाहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बुधबार हस्ताक्षर गरेका हुन् ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजश्व संकलनको आंकाडामा वृद्धि हुनजाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।

यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा छिटो छरितो हुनगई सहजीकरण हुने बिश्वास समेत बैंकले लिएको छ ।

प्रतिक्रिया