शुक्रबार, चैत १६, २०८०

महिला सहकारीको मन्टेश्वरी सञ्चालनमा

नेपालखोज २०७७ मंसिर १८ गते २०:११

गण्डकी । शिक्षा क्षेत्रमा लगानी गर्ने लक्ष्यअनुरुप पोखरा महानगरपालिका– ५ प्रस्याङ धारापानी मार्गस्थित धारापानी महिला बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले धारापानी मन्टेश्वरी सञ्चालनमा ल्याएको छ ।

सहकारीले करिब दुई रोपनी जग्गा भाडामा लिइ नौ कोठे भवन निर्माण गरेको अध्यक्ष राधिका आचार्यले जानकारी दिए। मन्टेश्वरीमार्फत पूर्ण बालमैत्री वातावरणमा पूर्वप्राथमिक तहको शिक्षा दिने योजना रहेको उनले बताए ।

नाफामूलकभन्दा पनि सेवामूलक भावनाका साथ मन्टेश्वरी स्थापना गरिएको मन्टेश्वरी व्यवस्थापन समितिकी अध्यक्ष कल्पना बाँस्तोलाले बताए । न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिने योजना रहेको उल्लेख गर्दै उनले आफ्नो टोलबाहेक बाहिरबाट पनि बालबालिका ल्याउन सफल बन्ने विश्वास व्यक्त गरे।

मन्टेश्वरी स्थापनाका लागि सहकारीले हालसम्म रु ३५ लाख बढी लगानी गरिसकेको र केही पूर्वाधार निर्माणकै चारणमा रहेको जनाइएको छ । कोरोना सङ्क्रमणका बाबजुद स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्दै मन्टेश्वरी सञ्चालन गरिएको सचिव गीतादेवी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया