शुक्रबार, असार २०, २०८२

बारामा मापदण्ड विपरीत सञ्चालित ६ वटा औषधी पसल बन्द

नेपालखोज २०७७ मंसिर १९ गते १३:५७

बारा । बारामा मापदण्ड विपरीत सञ्चालन हुँदै आएका ६ वटा औषधी पसल बन्द गरिएको छ । महागढीमाई नगरपालिकाको बरियारपुर बजारमा सञ्चालित प्राथमिक स्वास्थ्य सेवा क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाह भेट फर्मा, सपना स्वास्थ्य क्लिनिक, तरुण भेट फर्मा र ठाकुर सर्जीकल बन्द गरिएको हो ।

औषधी बिक्रीवितरण तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा बनेका ऐन नियमहरुको पालना नगरी खोलिएकाले ६ वटा औषधी पसल तथा क्लिनिक बन्द गरिएको औषधी व्यवस्था विभागको वीरगञ्ज कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बारा, औषधी व्यवस्था विभागको वीरगञ्जस्थित कार्यालय र बरियारपुर प्रहरी चौकीको संयुक्त टोलीले हिजो बरियारपुर बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा ती औषधी पसल तथा क्लिनिकहरुमध्ये कतिपयले नेपालमा प्रतिबन्धित औषधी राखेर बिक्री गर्ने गरेको, औषधी व्यवस्था दर्ता नभएको, सिएमए, एचएहरुले औषधी पसल सञ्चालन गरेको र म्याद गुज्रेका औषधी फेला परेको औषधी निरीक्षक दिपेन्द्र कुमार साहले बताएका छन् ।

प्रतिक्रिया