मंगलबार, असार १७, २०८२

चीनले नेपाली भूमि मिच्यो भन्नु अतिरञ्जित प्रचार मात्र : परराष्ट्रमन्त्री

नेपालखोज २०७७ मंसिर १९ गते १४:१९

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको बताएका छन् । चीनले नेपाली भूमि मिच्यो भनेर अतिरञ्जित प्रचार भएको उनको दाबी छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले भारतसँग चीनसँगको सीमा विवाद पनि संवेदनशील भएको बताएका थिए । तर परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग सीमा विवाद नभएको बताएका छन् ।

२०७२ सालमा कृषि मन्त्रालयमा हुँदै नभएको नापी शाखाको हवाला दिएर चीनले योयो स्थानमा सीमा मिच्यो भनेर प्रचार भएपछि सरकारले टोली नै बनाएर अध्ययन गरेको बताए । चीन बनाएको संरचना सीमाभन्दा एक मिलोमिटर टाढा पाइएको उनको भनाइ छ ।

अहिले पनि त्यसरी नै प्रचार भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालयका प्रमुख लगायतको टोली गएर स्थलगत अध्ययन गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । त्यही टोलीको रिपोर्टिङका आधारमा परराष्ट्र मन्त्रालयले चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन भनेर प्रष्ट पारेको उनले बताए ।

नेपाल र चीनले सीमासम्बन्धी प्रोटेकलमा हस्ताक्षर गरेका सीमा पहिचान गर्न सहज भएको उनले बताए । उका अनुसार जिरो नम्बर पिल्लर त्रिदेशीय बिन्दु तय नभएकाले छैन भने हराएको भनिएको ५७ नम्बरको पिल्लर पनि भेटिएको छ ।

प्रतिक्रिया