मंगलबार, साउन १, २०८१

११ लाख बराबरको अवैद्य सामान बरामद

नेपालखोज २०७७ मंसिर १९ गते १९:५२

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले आज ठूलो परिमाणको अवैद्य सामान बरामद गरेको छ । भन्सार छलि अवैध रुपमा भारततर्फ लैजाँदै गरिएको रु ११ लाख ४२ हजार मूल्य बराबरको सामान भारतीय सीमावर्ती क्षेत्रबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार भारतीय सीमावर्ती क्षेत्र पाल्हीनन्दन गाउँपालिका–२ मा सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले लु१ज ३२४३ नम्बरको बलेरो पिकअप गाडीमा सावर व्यक्तिलाई सोधपुछ गर्ने क्रममा अवैद्य सामान भेटिएपछि सवारीसहित नियन्त्रणमा लिएको हो ।

उक्त गाडीमा एक हजार ८४० केजी मकै र ९६० केजी हरियो केराउ गरी रु दुई लाख ४२ हजार ४०० बराबरको अवैध सामान फेला परेको प्रनाउ लामाले बताउनुभयो । प्रहरीले गाडीसहित अवैध सामान नियन्त्रणमा लिएको हो । बरामद सामान, गाडी र चालकलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया