शनिबार, असार ३०, २०८१

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट जावलाखेलमा

नेपालखोज २०७७ मंसिर १९ गते २१:२२

ललितपुर । सिद्घार्थ बैंक लिमिटेडले ललितपुर स्थित जावलाखेलमा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ ।

बैंकले बिहिबाबारदेदि जावलाखेल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो ।

अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरुबाट बंैैकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको छ ।

सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युुएनओ क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया