नेपालमा २ लाख २४ हजार ५३ जनाले कोरोना जिते
नेपालखोज
२०७७ मंसिर २० गते १६:३२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २०६ जना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप २ हजार २०६ जना उपचार पछि निकोभएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख २४ हजार ५३ पुगेको छ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज थप १ हजार २४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । हालसम्म देशभर १४ हजार २५५ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ।
सम्बन्धित
प्रतिक्रिया