प्रभु लाईफको ६० करोड रुपैयाँको साधारण सेयर मंसिर २९ गतेबाट

काठमाडौं । प्रभुु लाईफ इन्स्योरेन्स कम्पनीले यही मंसिर २९ गतेबाट ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
यसरी जारी गरिने कुुल साधारण सेयर मध्येमा पाँच प्रतिसत अर्थात तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिसत अर्थात तीन करोड रुपैयाँ बराबको तीन लाख कित्ता सेयर सामुुहिक लगानी कोषको लागि र बाँकी ५४ करोड रुपैयाँ बराबरको ५४ लाख कित्ता सर्वसाधरणको लागि छुट्याईएको छ ।
सेयर खरिदको लागि सर्वसाधारणहरुले न्युुनतम १० देखि अधिकतम पाँच हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन । सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही पुुस दुई गते र ढिलोमा यही पुस १३ गते बन्द हुुने छ ।
अधिकृत पुंजी दुुई अर्ब एवं जारी पुुंजी दुुई अर्ब रुपैयाँ हरेको कम्पनीको हाल चुक्ता पुंजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने कम्पनीको चुक्ता पुंजी दुुई अर्ब रुपैयाँ पुुग्ने छ ।
प्रतिक्रिया