सोमबार, असार ३२, २०८१

सन् २०२० र ओपोको प्राविधिक विकास मेरुदण्डकारुपमा विकसित

नेपालखोज २०७७ मंसिर २१ गते १५:२५

काठमाडौं । बर्षको सुरुवातमै कोभिड-१९ को प्रकोपले सबैका लागि चुनौति र संघर्षको अवस्था सिर्जना गर्यो । कठिन समयका बावजुत अपबादकारुपमा रहेको यो समयमा पनि ओपोले आफ्ना प्रयोगकर्ताका लागि अत्याधुनिक प्रविधि र उत्पादनको निर्माणलाई निरन्तरता दिइनै रह्यो ।

यसबर्ष ओपोले मानवतावादका लागि स्पष्ट आवाजको उत्थान गरेको छ । ब्यवसायिक नवप्रबर्तनको मुल उद्देश्य जनताप्रति समर्पित हुनुपर्ने कम्पनीको बुझाइ छ । यसका लागि ओपो निरन्तर गुणात्मक नवप्रबर्तनका लागि प्रेरित हुने गरेको छ । यही उद्देश्य पछ्याउँदै उपभोक्ताका आवश्यकताको पूर्ति गर्दै जीवनको उत्कृष्ट अनुभुति दिन ओपोले निरन्तररुपमा अग्रगामी प्रविधि पस्किँदै आएको छ ।

स्टे होम, स्टे स्मार्ट
विश्वभर कोरोना भाइरसको महमारीका कारण मानिसहरु घरभित्रै सिमित रहनुपर्ने दुर्भाग्यपूर्ण अवस्था थियो । तनावपूर्ण अवस्थामा पनि जीवनमा खुशीयाली ल्याउने सानासाना कुरामार्फत हामी हाम्रो मुडमा सुधार ल्याउन सक्छौँ । ओपोको यूडब्ल्यूबी स्पासियल अवेरनेस प्रविधि त्यस्तै साना कुरा मध्य एक हो ।

घरमै बसिरहेको अवस्थामा ओपोको यूडब्ल्यूबी स्पाशियल अवेरनेस प्रविधिले आफ्ना आईओटी उपकरणहरु मार्फत जीवनमा सहजता ल्याउन सघाउँछ । यसको माध्यमबाट मोबाइलफोन मार्फत उपभोक्ताले स्मार्ट उपकरणहरुमा सहज नियन्त्रण पाउन सक्छन् । उदाहरणका लागि टीभीमा देखाएकै भरमा सहजै स्क्रिन कास्टिङ गर्न, बत्ती, ब्ल्यूटूथ लगायत घरमा रहेका अन्य उपकरणहरुहल्का जेस्चरकै भरमा नियन्त्रण गर्न सकिन्छ । यिनका माध्यमबाट घरमै रहेको अवस्थामा पनि आफ्नो ध्यान एकाग्र गरी काममा केन्द्रित हुन सकिन्छ ।

भर्चुअल र भौतिक विश्वको अभिसरण
बिदाको योजना बनाउँदा साथी तथा परिवारका साथमा सानो जमघट तथा भेला गरी रमाउने चाहना सबैको हुन्छ । यस्तोमा यदी तपाईको दिशा सम्बन्धी ज्ञान राम्रो नभएमा ओपोको नयाँ नेभिगेशन प्रणाली तपाईका लागि उपयोगी हुन सक्छ । नयाँ आरटीके पोजिशनिङ अल्गोरिथमले ओपो स्मार्टफोनमा अवस्थितीका बारेमा जानकारीका लागि १ मिटर भन्दा न्यून एक्यूरेसीका साथमा उच्च सटिकता प्रदान गर्छ ।

यसले दूई मेजरिङ स्टेशन्सकाविचमा रहेको डाटा मापन गरी सटिक अवस्थिती प्रदान गर्न प्रयोग गर्छ । तर, यो सुरुवात मात्र हो, भौतिक जगतमा नहराउनु मात्र पर्याप्त हैन । ओपोले यस क्षेत्रमा अझ रोचक ओपो साइबरियल पनि प्रस्तुत गरेको छ । सुपर एआर एपका रुपमा सटिक अवस्थिती सेवा उपलब्ध गराउने, ओपो साइबरियलमा जीपीएस, वाईफाई र ब्ल्यूटूथ जस्ता मोबाइल उपकरण मार्फत उपलब्ध हुने डाटापनि जडान गरिएको छ ।

साथै, एसएलएएम र एआई सिनअल्गोरिथमले मिलि सेकेण्ड्समै लोकलाइजेशन सेवा उपलब्ध गराउँछ जसले सेन्टिमिटरसम्म सटिकता प्रदान गर्छ । आउटडोर नेभिकेशनका साथै सपिङमल्स लगायत घुमिरहँदा प्रयोगकर्ताले प्रदर्शनीमा राखिएका उत्पादनका साथै भर्चुअल ईन्टरटेनमेन्टको मज्जा पनि लिन सक्छन् । ओपो साइबरियलले प्रयोगकर्तालाई वास्वविक विश्वका पूणः निर्मित विवरण विस्तृतरुपमा प्रस्तुत गर्नुका साथै एआर संगको समन्वयमार्फत विस्तृत डिजिटल जानकारी पनि प्रस्तुत गर्छ ।

मनपर्यो ? तस्विर खिच्नुस्
जीवन्त तस्विर तथा भिडियोका साथ अमूल्य पलहरु सम्झनाका रुपमा कैद गर्न चाहनु हुन्छ ? त्यसो हो भने, ओपोको नेक्स्ट जेनरेशन हाइब्रिड जुम प्रविधि उपयुक्त हुनेछ । ओपोले दैनिक जीवनमा बृहत्तरुपमा प्रयोग हुने ८५ एमएम र १३५ एमएमफोकल लेन्थमा विशेष सुधार प्रस्तुत गरेको छ । यसले गर्दा प्रयोगकर्ताले सहजरुपमा सटिक कलर रिप्रडक्शन र विस्तृत विवरणका साथ जीवन्त तस्विर लिन सक्नेछन् ।

साथै, कम्प्युटर भिजन र प्याटर्न रिकग्निशन कन्फरेन्स (सीभीपीआर) २०२० मा ओपोले आफ्नो एक्स्ट्रिम सुपर रिजोल्युशन प्रविधिका लागि २ ओटा प्रथम स्थान र दूई तृतिय स्थानका लागि अवार्ड हात पारेको छ । यस प्रविधिले धमिला तस्विरलाई १६ गुणासम्म स्पष्ट बनाउन सघाउँछ । साथै, भिज्यूअल लोकलाइजेशन फिचरका माध्यमबाट तस्विर कुन ठाउँमा लिइएको हो भन्ने कुराको पहिचान गर्न तथा भिडियोमा मानव क्रियाकलापका बारेमा समेत जानकारी प्राप्त गर्न सकिन्छ । यी सबै प्राविधिक विकासका माध्यमबाट आफ्ना प्रिय मानिसहरुका साथमा तस्विर खिच्दा सहजताका साथै उत्कृष्टताको अनुभव समेत हुनेछ ।

अझतिब्र, अझ उत्कृष्ट
उपर्युल्खित परिवेशहरु नियाल्दाआजको दैनिकी स्मार्टफोन विना अनुमान गर्न असम्भव प्राय देखिन्छ । फोन चार्ज गर्ने कुरा सम्झिँदा प्लग इन गरी लामो समयसम्मका लागि यसबाट टाढा रहनुपर्ने बाध्यता धेरैको स्मृतिमा ताजै हुन सक्छ । फ्ल्याश चार्ज प्रविधिको अग्रणीकारुपमा ओपोले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित, तिब्र र सुलभ अल्ट्रा फास्ट चार्जिङ अनुभव प्रदान गर्दै ब्याट्री सकिने समस्याबाट छुटकारा प्रदान गर्ने अठोट गरेको छ ।

यस बर्ष ओपोले १२५ वाट सुपर फ्ल्याश चार्ज र ६५ बाट एयरभोक ताररहित फ्ल्याश चार्ज सोल्यूशन सार्वजनिक गरिसकेको छ । त्यसैगरी, अल्ट्रा स्मल पोर्टेबल ५० वाट मिनी सुपरभोक चार्जर र ११० वाट मिनी फ्ल्याश चार्जर पनि सार्वजनिक गरेको छ । ओपोको १२५ वाट फ्ल्याश चार्जमार्फत मात्र ५ मिनेट चार्ज गरेको भरमा प्रयोगकर्ताले दिनभर निर्धक्क भई आफ्नो फोनको प्रयोग गर्न सक्छन् ।

त्यसैगरी, ओपो ईन्नो डे २०२० को कुरा गर्दा ओपोले “टेक्नोलोजी फर म्यान काइन्ड, काइन्डनेस फर दि वल्र्ड” नारालाई अघि सारेको थियो । यस उद्देश्यका साथमा प्रयोगर्ताका लागि पूर्ण समर्पित हुँदै सबै कठिनाइको समाधान उपलब्ध गराउने सोच कम्पनीले लिएको छ । सन् २०२० ओपोका लागि निकै अर्थपूर्ण रह्यो । भविष्यमा पनि थप रोचक नवप्रबर्तनहरुका साथमा आफ्ना विश्वभरका प्रयोगकर्तालाई अभूतपूर्व प्राविधिक अनुभव बाँड्नु ओपोको उद्देश्य रहेको छ ।

प्रतिक्रिया