नेकपा स्थायी कमिटी बैठक सकियो
नेपालखोज
२०७७ मंसिर २१ गते १६:१२

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंसिर २८ गते बस्ने निर्णय गर्दै सकिएको छ । आजको बैठक पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री ओलीको उपस्थितिबीनै बसेको थियो ।
आजको बैठकमा दुबै अध्यक्षको प्रस्तावलाई छलफलमा लगिएको छ । स्थायी समिति बैठकमा सदस्यहरुलाई दुबै प्रस्ताव वितरण गरिएको छ भने सो प्रस्ताव अध्ययनका लागि ७ दिनको समय प्रदान गरिएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिइएको र मंसिर २८ गतेका लागि अर्को बैठक तय गरिएको जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया