कोरोनाकालमा सल्बलाए रक्तचन्दन कारोवारीहरु
ललितपुर । कोरोनाकालमा अवैध रक्तचन्दनका कारोवारीहरु फेरि सल्बलाएका छन् । केही समययता रक्तचन्दन कारोवारमा घटनाहरुमा कमी आएको देखिएपनि पनि पछिल्लो समय कोरोना महामारीको समयमा यस्तो कारोवार पुुन फष्टाएको ललितपुर घटनाले देखाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुर अवैध रक्तचन्दन तथा पुरातात्विक मुद्रा कारोवारमा संलग्न छ जना व्यक्तिहरुलाई पक्राउ गरेको जानकारी आईतबार सार्वजनिक गरेपछि लकडाउनको समयमा रक्तचन्दन कारोवारीहरु पुन सक्रिय हुन थालेको देखिएको हो ।
प्रहरी परिसरका प्रवक्ता समेत रहेका प्रहरी उपरिक्षक प्रज्वल मर्हजनका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरगडी गा.पा वडा नं ८ ढाँडखोला घर भई हाल जिल्ला ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १७ बस्ने बर्ष २८ को राज कुमार भन्ने हरी बहादुर मोक्तान, नुवाकोट लिखु गा.पा वडा नं २ थाङचिङ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ जिल्ला का.म.न.पा वडा नं ३२ पेप्सीकोला बस्ने बर्ष ३१ को प्रेम कुमार डंगोल, सिन्धुली पिपलमाडे गा.पा ३ खुर्सानीबारी स्थायी घर भइ हाल जिल्ला ललितपुरललितपुर महानगरपालिका वडा १७ बस्ने बर्ष ५० को टिकाराम तामाङ, झापा मेचीनगर न.पा वडा नं ५ धुलाबारि स्थायी वतन भइ हाल जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं १५ कलंकी बस्ने बर्ष २४ को सोबित आचार्य, धादिङ निलकण्ठ न.पा वडा नं १० घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं १५ कलंकी बस्ने बर्ष २१ को शंकर ढाउन्याँ र धादिङ गजुरी घर भइ हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा २ बस्ने बर्ष २७ को सुमन बस्नेत रहेका छन् ।

उनीहरुकाे साथबाट रक्तचन्दन जस्तो देखिने तीन केजी ६३ ग्रामको काठको टुक्रा दुई थान, पुरातात्विक र प्राचिन जस्तो देखिने १३१८ मोरू १ लेखिएको त्रीकोण आकारको पुरानो नेपाली मुद्रा एक थान बरामद भएको प्रवक्ता मर्हजनले बताएका छन् । यही मंसिर १९ गते ललितपुर महानगरपालिका वडा नं.१७ बाफलको वडा एरियामा बन पैदावार तथा पुरातात्विक सामग्रीहरु समेतको अवैध रुपमा किनवेच तथा ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले सो गतिविधीमा संलग्न निम्न मानिसहरूलाई नियन्त्रणमा लिएको हो, प्रवक्ता मर्हजनले भने ।
पक्राउ परेकाहरु मध्ये टिकाराम तामाङ, प्रेम वहादुर डंगोल, राज कुमार भन्ने हरी वहादुर मोक्तान र सोवित आचार्यलाई वन ऐन अन्तर्गत कारवाहीको लागी डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाईएको छ र शंकर ढाउन्याँ तथा सुमन वस्नेत समेतले पुरातात्विक वस्तुको वेचविखन तथा संग्रह गरेको देखिंदा उनीहरूलाई प्राचिन स्मारक ऐन बमोजिम थप अनुसन्धान भईरहेको प्रवक्ता मर्हजनको भनाई छ ।
प्रतिक्रिया