मंगलबार, असार १७, २०८२

नेपाली सेनाद्वारा हाटबजार ट्रष्टघर हस्तान्तरण

नेपालखोज २०७७ मंसिर २३ गते १३:०१

काठमाडौं । नेपाली सेनाले हाटबजार ट्रष्टघर हस्तान्तरण गरेको छ । सेनाको सामाजिक आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तर्गत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने क्रममा गरुडदल गणद्वारा रुपन्देही जिल्लाको मर्चवारी गा.पा. ५ महुवारी ईलाकामा व्यवस्थित हाट बजारको लागि निर्मित ट्रष्टघर श्री नं.२२ बाहिनी अड्डाको बाहिनी अड्डाका बाहिनीपति सुदर्शन सिलवालले यही मंसिर २१ गते गाउँपालिका अध्यक्ष केशव नन्द बाँनियालाई हस्तान्तरण गरेका हुन ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, गाउँपालिका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, स्थानिय सर्बसाधारण एवम पत्रकार गरि करिव ६० जनाको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको दौरान उल्लेखितट्रष्टघर निर्माण कार्यमा सहयोग पुर्याउनुहुने मर्चवारी गाउँपालिकाका अध्यक्ष, वडा नं.५ का वडा अध्यक्ष, गाउँपालिका कार्यालय र वडा नं.५ कार्यालयलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बाँनियाले नेपाली सेनाको यस प्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दे आगामी दिनहरुमा समेत यस्तै सहयोग र सहकार्यको अपेक्षा समेत रहेको धारणा व्यक्त गरेका थिए ।

यो निर्माणबाट करिब चार हजार स्थानीय व्यक्ति लाभान्वित हुने अपेक्षा सेनाले गरेको छ । नेपाली सेना सिमित साधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पुरा गर्न सदैव प्रयत्न शिल रहेको छ ।

प्रतिक्रिया