आज सुन प्रतितोला ९३ हजार ४ सयमा कारोबार हुँदै
नेपालखोज
२०७७ मंसिर २४ गते १४:१८

काठमाडौं । केही दिन यता लगातार उकालो लगेको सुनको मूल्य आज भने सात सय रुपैयाँले घटेको छ ।
हिजो तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज आज ९३ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटबढ भइरहेकाले नेपाली बजारमा पनि मूल्यमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया