मंगलबार, साउन १, २०८१

राष्ट्रसंघीय आपतकालीन कोषमा ३७ करोड डलरको प्रतिबद्धता

नेपालखोज २०७७ मंसिर २४ गते १९:१३

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषका लागि ५० भन्दा बढी दातृ निकायले ३७ करोड अमेरिकी डलरभन्दा बढी उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका अनुसार यो प्रतिबद्धता रकम आगामी वर्ष सन् २०२१ का लागि हो ।

सन् २०२० मा व्यक्त प्रतिबद्धताभन्दा सन् २०२१ का लागि बढी रकम उपलब्ध गराउन दातृ निकायहरु सहमत भएका छन् । राष्ट्रसंघीय कोषले सार्वजनिक गरेको विज्ञप्तिमा यस वर्ष कूल ६२ करोड डलर कोषलाई प्राप्त भएको जनाइएको छ । कोषले १ अर्ब डलर सहायता जुटाउने लक्ष्य राखेको छ ।

राष्ट्रसंघीय बजेट प्रतिबद्धता कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आपतकालीन परिस्थितिमा तत्काल सेवा पुर्याउन यस्तो कोष अति प्रभावकारी हुने गरेको बताए ।

सन् २००५ मा स्थापना भएको कोषले हालसम्म झण्डै सात अर्ब डलर तत्कालका मानवीय सेवामा खर्च गरिसकेको छ । यस कोषबाट विश्वका १०० भन्दा बढी देशका लाखौं मानिस लाभान्वित भएको कोषले जनाएको छ । रासस

प्रतिक्रिया