मंगलबार, साउन १, २०८१

जितसँगै रियल नकआउट चरणमा

नेपालखोज २०७७ मंसिर २५ गते ८:०४

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले मोन्चेगल्वचलाई २–० गोल अन्तरले हराउँदै रियलले अघिल्लो चरणमा आफूलाई स्थापित गरेको हो ।

घरेलु मैदानमा भएकोे खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । स्पेनिस माहारथिले दुबै गोल पहिलो हाफमा गर्न सफल भएकोे थियो ।

खेलको नवौं मिनेटमा बेन्जिमाले गोेल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।

जितसँगै रियल नकआउट चरणमा प्रवेश गरेको छ । रियल समूह विजेता पनि बनेको छ । पराजित मोन्चेगल्वच पनि अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रतिक्रिया