शुक्रबार, असार २०, २०८२

बाबुको हत्या गरेको आरोपमा छोरी पक्राउ

नेपालखोज २०७७ मंसिर २५ गते १३:१४

उदयपुर । उदयपुरमा आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरी पक्राउन परेकी छिन् । ५५ वर्षीय बाबु नेत्रबहादुर पुलामी मगरको हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका–२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु भएको थियो।

नेत्रको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया