सोमबार, असार ३२, २०८१

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैन : महामन्त्री कोइराला

नेपालखोज २०७७ मंसिर २५ गते १४:४६

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन् । पत्रकारसँग यहाँ आज कुरा गर्दै डा. कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट पारेका छन् । यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने कोइरालाले बताए । उनले भने, “मङ्सिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउनुपर्‍यो । त्यसमा दावी विरोध हुन्छ । त्यसलाई समय दिनुपर्‍यो ।”

महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुङ्गो लागि नसकेको पनि उनको भनाइ थियो । पार्टीभित्रका जिम्मेवार व्यक्तिसँग कुरा चलिरहेकाले छलफलबाट उम्मेदवार टुङ्गो लगाइने उनले बताए ।

उनले भने, “कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ । रामचन्द्रजी, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्मेवार व्यक्तिसँग छलफल भएको छैन् ।” कुराकानीका क्रममा कोइरालाले अहिलेको अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट पारेका छन् । सरकारमा जाने हो भने पार्टीलाई ठूलो घाटा लाग्ने सङ्घीय सांसद डा. कोइरालाको भनाइ थियो ।

प्रतिक्रिया