बुधबार, असार १८, २०८२

राप्रपा नेता राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था गम्भीर

नेपालखोज २०७७ मंसिर २५ गते २१:४५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् सांसद राजेन्द्र लिङदेनलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

उनको उपचार मेडिसिटी अस्पतालमा हुने राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । गृह जिल्ला झापामा रहेका उनको स्वास्थ्यमा समस्या भएपछि झापामै अस्पताल भर्ना भएका थिए ।

आईसीयूमा राखेर उपचाररत उनको अक्सिजनमात्रा घटेको थियो । स्वास्थ्यमा समस्या भएपछि परीक्षण गर्दा लिङदेनलाई निमोनिया देखिएको थियो । अक्सिजनको लेभल घटेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको श्रेष्ठले बताए । लिङदेनको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया