भारतमा सरकार विरुद्ध किसानको आन्दोलन राजधानी केन्द्रीत

नेपालखोज २०७७ मंसिर २७ गते ९:२०

एजेन्सी । भारतको उत्तर क्षेत्रका किसानहरुले लामो समयदेखि राजधानी दिल्लीलाई आफ्नो विरोध प्रदर्शन गर्ने स्थल बनाएका छन् । भारतले ल्याएको नयाँ कृषि कानुनको विरोधमा उनीहरुले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

सुरुसुरुमा यो आन्दोलन विभिन्न राज्यमा चलेको थियो । तर सरकारले नसुनेपछि किसानहरुले राजधानी केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेका छन् । उनीहरुका माग सम्बोधन नभए पछि किसानहरुले धर्ना रोकिएको छैनन् । सरकार किसानहरुसँग वार्ताको लागि तयार रहे पनि उनीहरुको माग सम्बोधन गर्न भने तयार देखिदैन् ।

सरकारसँग किसानले यसअघि गरेको वार्ता पनि विना कुनै निष्कर्ष टुङ्गिएको थियो । भारतका किसानहरुको आन्दोलनका विषयमा विभिन्न मुलुकहरुले पनि समर्थन गर्दै आएका छन् । तर, सरकारले भने उनीहरुको समर्थनलाई आफ्नो आन्तरिक मामिलामा ‘विदेशी हस्तक्षेप’को संज्ञा दिँदै आएको छ । 

प्रतिक्रिया