मंगलबार, वैशाख ४, २०८१

दैनिक ६ लाख अण्डा क्षमताको एग्रो फार्म बन्दै

नेपालखोज २०७७ मंसिर २७ गते १८:३७

काठमाडौं । जनकपुरमा दुई अर्ब लगानीसहितको कुखुरा फार्म सञ्चालनमा आउने भएको छ । जनकपुर एग्रो फार्मले धनुषाधाम–९ मा कुखुरा फार्म सञ्चालनमा ल्याउने भएको हो । शुक्रबार शिलान्यास गरिएको उक्त कुखुरा फार्म नेपालकै सवैभन्दा ठूलो भएको सञ्चालक शोभाकान्त ढकालले जानकारी दिए । उनले फार्ममा लेयर्स कुखुरा पालिने बताए ।

सञ्चालक ढकालले फार्ममा ६ लाख क्षमताको अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालिने फर्म नेपालको अहिलेसम्मकै ठूलो हुने दावी गरे । उनले फार्म तयार हुन करिब २ अर्ब खर्च लाग्ने पनि बताए ।

ढकालले उक्त फार्म लेयर्स फार्मको हकमा नेपालको अहिलेसम्मकै सवैभन्दा ठूलो हुने बताए । पशुसेवा विभागको तथ्याङ्कअनुसार नेपालमा दैनिक २६ लाख गोटा अण्डाको माग रहेकोमा दैनिक ५ लाख गोटा अण्डा आफ्नो कम्पनीले उत्पादन लक्ष्य राखेको बताउँदै करिब २ सयभन्दा बढिले प्रत्यक्ष रोजगारी पनि पाउने उनको भनाई थियो ।

साढे ११ विघा क्षेत्रफलमा सञ्चालन गर्न लागिएको उक्त फार्ममा आवश्यक संरचना निर्माण कार्य १ वर्षमा सम्पन्न गरेर उत्पादन सुरु गरिने उनले बताए । फार्म पूर्णरुपमा सञ्चालनमा आउनका लागि भने करिव डेढ देखि दुई वर्ष लाग्ने उनको भनाई छ । ‘उच्चस्तरीय प्रविधिको प्रयोग गरेर पुर्ण स्वचालित प्रविधिबाट वातावरण अनुकुल बनाएर उत्पादन अण्डा उत्पादन हुनेछ,’ उनले भने,‘ अण्डाको अत्याधिक माग भैरहेकोले त्यसको माग पुरा गर्न यो योजनाले धेरै हदसम्म सहयोग गर्नेछ ।’

प्रतिक्रिया