मंगलबार, वैशाख ११, २०८१

देशभरका होमस्टे खोल्ने होसानको निर्णय

नेपालखोज २०७७ मंसिर २८ गते १०:५६

होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) को केन्द्रीय समितिले देशभरका होमेस्टे खोल्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण करिब ९ महीना देखि बन्द रहेका होमस्टेहरु पुनः सुचारू गर्ने निर्णय गरेको छ ।

शनिबार चितावनको खैरहनि १० कठारमा बसेको होसानको केन्द्रीय समितिको बैठकले सरकारले तोकेको सुरक्षा मापदण्डअनुसार देशभर सञ्चालनमा रहेका होमस्टेहरू सुचारू गर्ने निर्णय गरेको कोषाध्यक्ष सुरज बास्तोलाले बताए ।

बास्तोलाले पछिल्लो समय कोभिडको प्रभाव कम देखिएकाले हामस्टेमा रमाउने पर्यटकको लागि खुल्ला गरिएको बताएका छन् ।

प्रतिक्रिया