शनिबार, जेठ ५, २०८१

कर्जा प्रवाहकालागि राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिकाबिच सम्झौता

नेपालखोज २०७७ मंसिर २८ गते १३:११

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मोरङ्गको बेलबारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । काठमाडौंमा आईतबार भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका हुुन ।

कार्यक्रममा बोल्दै बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको बताए । कर्जा प्रवाहले देशलाई उत्पादनसंग जोड्न सघाउ पुर्याउने बताउदै अधिकृत श्रेष्ठले कर्जा तिर्नु नपर्ने भन्ने मानसीकता कसैले राख्न नहुने धारणा व्यक्त गरे ।

यस्र्तै, नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सौहुलियतपूर्ण कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षकै आधारभूत रुपमा विकास गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेका नीतिलाई सहयोग पुग्ने गरी विभिन्न संघ सस्थाहरुसँग सहकार्य गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्र्दैआएको बतए ।

सम्झौता अनुसार नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नुपर्नेछ । यस्र्तै नगरपालिकाले तालिम प्राप्त उद्यमीरुको ५–५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्नुपर्नेछ ।

नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुको प्रत्यक समुहलाई बैंकले नियमानुसार अधिकतम पाँच लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ ।

प्रतिक्रिया