बिहीबार, जेठ ३, २०८१

नेपालमा नयाँ जीवन पाएकी बंगलादेशी चेली

नेपालखोज २०७७ पुष ४ गते १३:३०

काठमाडौं । आश्रम छाडेर जाँदै गर्दा मन भक्कानीएको छ तर आफ्नै देश फर्कना पाउँदा, ११ बर्षदेखी सम्पर्कविहीन भएको परिवार भेट्दा खुशीको आँशू बगेको छ ।

उद्धारको समयमा मनोरोगको कारण घर परिवार र आफ्नो बारेमा समेत बेखबर रहेकी उनको नाम मानवसेवा आश्रमले नै गिता मानव राखिदिएको थियो । क्षेतविक्षत भएको मन र करिब करिब कुहिएको हात लिएर खुला आकाशमुनी कष्टपुर्ण जीवन विताउन विवश गिता मानवलाई २०७२ बैशाख २५ गते चितवन रामनगरको जङ्गलबाट उद्धार गरी आश्रमा ल्याइएको थियो ।

ठूला शहरको छेउछाउको राजमार्गसँग जोडीएको जंगलमा बेवारीसेरुपमा मनोरोगी भई खुला आकाशमुनी रात विताउन पर्ने बाध्यात्मक अवस्थाले एक चेलीलाई दिने पीडा र उनले सामाना गर्नुपर्ने जोखिमलाई हाम्रो हृदयले सजिलैसँग अनुभूती गर्न सक्दैन । एक पटक गिता दिदीको ठाउँमा आफ्नो छोरी चेली, श्रीमती वा आमालाई राखेर हेरौं त ?

पुरै हात कुहिएकी, मनोरोगको कारण आफैलाई समाल्न नसक्ने अवस्थामा मृयुसँग पौठेजोरी खेलिरहेकी गिता मानव यदि सडकमै हुन्थिन भने सायद उनको परिवारले उनलाई सदाको लागि गुमाउन पर्ने थियो । तर यस्तो हुन पाएन । घरबाट सम्पर्क विहीन भएको ५ बर्ष अघि उनलाई मानवसेवा आश्रमको टोलिले उद्धार गर्यो । करिब ६ बर्षसम्म आश्रमले उपचार गरायो र पारिवारीक स्नेह दियो । उनको हराएको स्मृति फिर्ता भयो । आफै विरामी बनेकी गिता अब अरु आफूजस्तै समस्यामा परहेकाहरुको सेवा गर्न सक्ने भइन् । परिवार र आफन्तको बारेमा बताईन ।

बंगलादेश घर भएको खुलेछि मानवसेवा आश्रमले नेपालका लागि बंगलादेश दुतावाससँग समन्वय गर्यो । दुतावासको पनि राम्रै सहयोग गर्यो । गिता मानव मानवसेवा आश्रमले दिएको परिचय थियो । उनले आफ्नो नाम ममिना बेगम (मिनु) बताएकी छिन् । हाल हरेकदिन छोरासँग घण्टौ भिडीयो कल गर्ने भएकी छिन् मिनु । र यही पौष ८ गते बंगलादेश एयरलायन्समार्फत घर फर्कदै छिन् । …..र उनी ११ बर्षपछि घर फर्कने छिन् । तर मृत्युको मूखबाट बचाएर पाँच बर्षसम्म सँगै राखेको मानवसेवा आश्रम पनि उनका लागि अर्को परिवार बनिसकेको छ । त्यसैले एक परिवारको मिलन अर्को परिवारको विछोडको कारण बन्यो ।

दिदीसँगै बेसिसहर नगरपालिका ६ तल्लो मकैडाडाको चौतारीमा ६ बर्ष अघि बेवारिसे अवस्थामा भेटिएका बाबुलाल मानव (महोमद बबुल) ८ गते नै घर फर्कदैन छन् । मानवसेवा आश्रमका माहासचिव शुशिला केसी रुपा, १ नं. प्रदेश संयोजक रुपा केसी र आश्रमका अभिभावक नारायण ढुंगाना बाबुलाल दाई र गिता दिदीलाई लिएर पारिवारीक पुनर्मिलनको लागि यहि ८ गते बंगलादेश जाँदै छन् । यस अघि पनि मानवसेवा आश्रमले नेपालका लागि बंगलादेश दुतावाससँग समन्वय गरी ३ जना बंगलादेशी नागरिकलाई स्वदेश फिता गराइसकेको छ ।

नेपाल घुम्न आएको बेला ममिना बेगम परिवाबाट सम्पर्क विहीन भएको परिवारले बताएको छ । दिदीको सुखद भविष्यको लागि लागि हामी भगवानसँग प्रार्थना गर्दछौं ।

प्रतिक्रिया