बिहीबार, जेठ ३, २०८१

बाटो निर्माणको क्रममा पहिरो जाँदा भक्तपुरमा एक व्यक्तिको मृत्युु

नेपालखोज २०७७ पुष ६ गते १२:४४

भक्तपुर । बाटो निर्माणको क्रममा पहिरो जाँदा भक्तपुरमा एक व्यक्तिको मृत्युु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका ५ छाँयाबस्तीस्थित बाटो निर्माण गर्ने क्रममा अचानक पहिरो खस्न गई त्यही बाटोमा काम गर्ने सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका ४ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका ५ छाँयाबस्ती बस्ने ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरबाट खटिएको प्रहरीले पहिरोमा परेका ३ जनालाई उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल र अर्थोपेटिक अस्पताल काठमाडौं पठाएको थियो ।

पहिरोमा परी घाइते भएका रामेछाप सुनापाती घर भई भक्तपुर चाँगुनारायण नगरपालिका ५ छाँयाबस्ती बस्ने ५० वर्षीय भुपालसिंह घिसिङलाई अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौं हुँदै थप उपचारका लागि टिचिङ अस्पतालतर्फ पठाइएको छ भने सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका ४ घर भई सोही ठाउँ बस्ने ४४ वर्षीय प्रेम लामा अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौंमा उपचार पश्चात् डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया