शुक्रबार, वैशाख १४, २०८१

नमोबुद्ध ईन्टरनेशनल मोडेल स्कुलले पायो अन्तर्राष्ट्रिय अवार्ड

नेपालखोज २०७७ पुष ८ गते १९:२१

काठमाडौं । टोखा नगरपालिका–६ स्थित नमोबुद्ध ईन्टरनेशनल मोडेल स्कुलले ‘उत्कृष्ट अन्तराष्ट्रिय विद्यालय अवार्ड’ प्राप्त गरेको छ ।

शिक्षा क्षेत्रमा काम गरिरहेका दुई संस्था इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेशन (इन्सीड¬) तथा सोसाईट फर पर्मानेन्ट आर्ट, कल्चर एण्ड एजुकेशन (स्पेस) ले डिसेम्बर २०,२०२० मा आयोजना गरेको अन्तराष्ट्रिय शिक्षा सम्मेलन र पुरस्कार कार्यक्रममा अर्वाडको घोषणा गरिएको हो ।

भर्चुअलरुपमा भारतको नयाँ दिल्लीबाट सञ्चालित कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, नाइजेरिया, मलेशिया, इन्डोनेशिया, साउदी अरेविया, मेक्सिको, थाइल्याण्ड लगाएत विश्वको ५० भन्दा बढी देशका २५० भन्दा संस्था तथा व्यक्तिको सहभागिता थियो ।

पोष्ट ‘कोभिडको समयमा जीवन र आजीविकाको लागि समग्र शिक्षा–अगाडीको बाटो’ विषयवस्तुमा आयोजित उक्त सम्मेलनमा ‘योग्य शैक्षिक संस्थाहरुका लागि विशिष्ट पुरस्कार’ भन्ने मूल नाराकासाथ विभिन्न विधाका पुरस्कारहरु वितरण गरिएको थियो ।

कोभिड–१९ का कारण बन्द रहेको अवस्थामा पनि विद्यालय गरेको शैक्षिक गतिविधिलाई समेत आधार बनाई अर्वाड स्कुललाई प्रदान गरिएको हो । विद्यालयले भर्चुअल शिक्षण सिकाई प्रकृयामा अपनाएका शिक्षण पद्धतिहरु, श्रव्यदृय कक्षा, लिखित तथा मौखिक मूल्याङकन विधि, विद्यालयको भौतिक पूर्वाधार, स्कुलका उपलब्धि आदिलाई मुल्याङकनको आधार बनाइएको थियो । कार्यक्रममा नमोबुद्ध ईन्टरनेशनल मोडेल स्कुलका संस्थापक प्रिन्सिपल ज्ञान बहादुर तामाङ र को–अर्डिनेटर सन्तोष खत्रीको सहभागिता थियो ।

अन्तराष्ट्रिय अवार्डले विद्यालयको शिक्षा गुणस्तरीय छ भन्ने कुरालाई प्रमाणीत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राजकुमार लामाले बताए । शिक्षा क्षेत्रमा विगत २ दशकभन्दा लामो समयदेखि सञ्चालित नमोबुद्ध ईन्तटरनेशनल मोडेल स्कुलले प्ले ग्रुपदेखि कक्षा १० सम्मको शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले आगामी शैक्षिक शत्रदेखि कक्षा १२ सम्मको शिक्षा प्रदान गर्ने तयारी गरिरहेको संस्थापक प्रिन्सिपल ज्ञान बहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया