बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

नेपालखोज २०७७ पुष १२ गते १०:५१

मोरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपामा विभाजन आएपछि प्रचण्ड–नेपाल खेमाका प्रदेशसभा सदस्यहरुले आइतबार बिहान अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

शनिबार मुख्यमन्त्री राईले मन्त्रीबाट बर्खास्त गरेका इन्द्र आंग्बोसहित ३७ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

भ्रष्टाचार गरेको तथा सांसदहरुलाई काम बिहीन गराएको अभियोग लगाएर दर्ता गरिएको अविश्वास प्रस्तावका प्रस्तावक आंग्बो हुन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमा पूर्व एमालेका २१ तथा पूर्व माओवादीका १६ सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ मध्ये पूर्व एमालेका ५१ र बाँकी पूर्व माओवादीका हुन् ।

प्रतिक्रिया