बिहीबार, जेठ ३, २०८१

घरायसी विवादमा श्रीमानको हत्या गरि आफै प्रहरी कार्यालय

नेपालखोज २०७७ पुष १३ गते १४:४६

रुकुम । रुकुम पश्चिममा आइतबार अपरान्ह धारिलो हत्या गरेर एक महिलाले श्रीमानको हत्या गरेकी छन् । हत्यापछि ५० वर्षीया डल्ली बुढा आफै प्रहरी कार्यालय पुगेकी थिइन् ।

खुकुरी र चक्कु प्रहार गरेर उनले ३९ वर्षीय चित्रबहादुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमका प्रवक्ता कपिल शाहीले हत्यापछि बुढा आफै प्रहरी कार्यालयमा पुगेको बताइन् । ती महिला चक्कुसहित पुगेपछि तत्कालै अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

मृतक थापाको शरीरमा करिब डेढ दर्जन ठाउँमा चोट थियो । बुढाले श्रीमानले आफुलाई कुटपिट गरेपछि रिसको झोकमा हत्या गरेको प्रारम्भिक बयान दिएकी छन् । बुढा र थापाबीच एक वर्षअघि मात्र विवाह भएको थियो ।

दुवैको दोस्रो विवाह हो । बुढासँग थापाको अनैतिक सम्बन्ध थाहा पाएपछि एक वर्षअघि गाउँलेले बुढालाई थापाको जिम्मा लगाएका थिए । तीन वर्षअघि थापाकी पहिलो श्रीमती उनीसँग छोराछोरी लिएर अलग्गिएकी थिइन् ।

प्रतिक्रिया